२०८३, १० कार्तिक मंगलबार

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा सञ्चालन गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको प्रभावकारिता बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य रहेको बताए।

उनले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट सेवा प्रवाह थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै हुलाक क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक सुधारका काम सुरु भइसकेको दाबी गरे।

मन्त्री तिमिल्सिनाले हुलाक सेवासँग सम्बन्धित कर्मचारीलाई सेवा सुधारमा सक्रिय हुन आग्रह गर्दै हुलाकलाई नागरिकले गर्व गर्ने संस्थाका रूपमा विकास गर्न निर्देशन पनि दिए।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : २५ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको