२०८३, १७ श्रावण सोमबार

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष निगरानी रहने भएकाले सांसदहरूले आफ्नो काम, व्यवहार र सार्वजनिक आचरणलाई अझ जिम्मेवारीपूर्ण बनाउनुपर्ने बताएका छन्।

सङ्घीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजित दुईदिने संसदीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रभावकारी संसद् सञ्चालनका लागि संसदीय नियम, प्रक्रिया र कानुन निर्माणको ज्ञान अपरिहार्य रहेको बताए।

सभामुख अर्यालले प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएका सांसदको संख्या उल्लेख्य रहेकाले उनीहरूलाई संसदीय अभ्याससँग परिचित गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले अध्ययन, तयारी र प्रविधिको प्रयोगमार्फत सांसदहरूले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनले सांसद निर्वाचित भएसँगै व्यक्तिगत जीवन सार्वजनिक उत्तरदायित्वमा रूपान्तरण हुने उल्लेख गर्दै जनविश्वास कायम राख्ने गरी हरेक निर्णय र गतिविधि अघि बढाउन आग्रह गरे।

कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले संसदीय प्रक्रिया, विधि र अभ्यासबारे सांसदको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बताए।

सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु भएको यो अभिमुखीकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। कार्यक्रममा सांसदहरूलाई संसदीय कार्यप्रणाली, कानुन निर्माण प्रक्रिया, संसदीय अभ्यास तथा जनप्रतिनिधिको भूमिकासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ असार सोमबार  १ : १४ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको