२०८३, १० कार्तिक मंगलबार

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु


रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा मृत्यु भएको छ। प्रहरीका अनुसार ५० वर्षीय रानामगरले आफैं चलाएको लु प्र १/००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना बाङ्गेसल्ला क्षेत्रमा भएको हो।

दुर्घटनापछि गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै उपप्रमुख रानामगरको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १२ असार शनिबार  ८ : ३० बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको