२०८३, १० असार बिहीबार

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक


काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल फुटबल संघ एन्फा (ANFA) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाको निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। अब निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।

फिफाले एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य तथा पदाधिकारीले फिफा र एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणबाट लाभ लिन नपाउने स्पष्ट गरेको छ। यससँगै नेपालको राष्ट्रिय टोलीदेखि क्लब फुटबलसम्म अन्तर्राष्ट्रिय सहभागितामा प्रत्यक्ष असर पर्ने भएको छ।

निलम्बनका कारण एन्फाले फिफा र एएफसीबाट प्राप्त गर्दै आएको आर्थिक सहयोगसमेत रोकिने भएको छ। साथै एन्फाका पदाधिकारी तथा अधिकारीहरू अन्तर्राष्ट्रिय फुटबल निकायका विकास कार्यक्रम र गतिविधिबाट समेत वञ्चित हुनेछन्।

फिफाले अर्को फिफा कंग्रेस बस्नुअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न सक्ने उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८३, १० असार बिहीबार  ८ : १५ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा