२०८३, १९ आश्विन मंगलबार

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सम्पन्न भएपछि उनले सभापति पदमा उम्मेदवारी दिएका हुन्।

रास्वपाले महाधिवेशनमा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन गरिनेछ।

लामिछानेको उम्मेदवारीलाई विशेष बनाउने पक्ष भनेको उनको प्रस्तावकका रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको समर्थन रहनु हो। बालेनले प्रस्तावक बसेसँगै महाधिवेशनमा नयाँ राजनीतिक सन्देश गएको चर्चा सुरु भएको छ।

हालसम्म सभापति पदमा लामिछानेविरुद्ध कुनै प्रतिस्पर्धी उम्मेदवार नदेखिएकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको छ। यदि अन्तिम समयसम्म अर्को उम्मेदवारी नपरेमा रास्वपाले नेतृत्व चयनको प्रक्रिया सहज रूपमा टुंग्याउनेछ।

महाधिवेशन प्रतिनिधिहरूको विवाद र कार्यतालिकामा देखिएको ढिलाइबीच आएको यो घटनाक्रमले रास्वपाको नेतृत्व फेरि एकपटक रवि लामिछानेकै वरिपरि केन्द्रित भएको संकेत गरेको छ।

प्रकाशित मिति : २०८३, ८ असार मंगलबार  ८ : ०० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि