२०८३, १० कार्तिक मंगलबार

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला


चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आज बिहानबाट पुनः सुचारु हुने भएको छ। न्यायिक समितिका नेता यज्ञमणि न्यौपानेका अनुसार बिहान १० बजेपछि मतदाता नामावली सार्वजनिक गरिनेछ।

नामावली प्रकाशनसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। त्यसपछि दाबी–विरोधको समय दिइने र त्यसपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरिने तयारी छ।

न्यौपानेका अनुसार अब सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै पदमा उम्मेदवारी खुला गरिने सहमति भएको छ।

पार्टीभित्र सुरुमा सभापति र वरिष्ठ नेतृत्वका लागि सहमतिमार्फत टुंग्याउने प्रयास भए पनि अन्ततः स्वयम् सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पनि सबै पदमा प्रत्यक्ष प्रतिस्पर्धा (निर्वाचन) बाटै अघि बढ्ने धारणा राखेका छन्।

नेताहरूले महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन र समूहगत ध्रुवीकरणलाई कडाइका साथ नियन्त्रण गर्ने सहमति भएको पनि बताएका छन्।

प्रकाशित मिति : २०८३, ८ असार मंगलबार  १० : ४७ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको