२०८३, ११ कार्तिक बुधबार

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण


काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा ८.५८ प्रतिशतले सुधार आएको छ । २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ६१.१७ प्रतिशत ग्रेडेड भएका थिए ।

‘यो वर्ष नतिजामा सुधार आएको छ । गत वर्षभन्दा ८.५८ प्रतिशतले बढेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले भने, ‘प्रश्नपत्र निर्माणदेखि परीक्षणसम्म तालिम दिएका थियौं ।’

उत्तीर्ण प्रशित बढ्नुको एउटैमा मात्र कारण नरहेको बताउँछन् उनी । ‘मुलत: विद्यार्थीले पढेको हो । शिक्षकले राम्रोसँग पढाएको हो,’ उनले भने, ‘नतिजा सुधारमा सबै स्टेकहोल्डरको महत्त्वपूर्ण भूमिका छ ।’

विद्यार्थीलाई पहिले नै नमुना प्रश्नपत्रबाट तयारी गराउँदा पनि नतिजामा सुधार आएको भनाइ बोर्डको छ । ‘प्रश्नपत्रमा सुधार र विद्यालयको मिहिनेत हो,’ उनले भने ।

प्रकाशित मिति : २०८३, ४ असार शुक्रबार  १२ : १२ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल