२०८३, २९ असार मंगलबार

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा


विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित भेला सम्पन्न गरेको छ। पार्टीभित्र संगठनात्मक सुधार र नेतृत्वमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त भेलामा शीर्ष नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी भएका छन्।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका अगुवा कार्यकर्ताको उल्लेखनीय सहभागितासहित सम्पन्न भेलालाई इतर समूहले पार्टी एकता, संगठन सुदृढीकरण र आन्तरिक लोकतन्त्र मजबुत बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ।

भेलामा नेताहरूले हाल पार्टीभित्र देखिएको गुटगत विभाजन, संगठनात्मक कमजोरी तथा क्रियाशील सदस्यता व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले पार्टी नेतृत्वले आम कार्यकर्ताको भावना सम्बोधन गर्न नसकेको आरोपसमेत लगाएका छन्।

महामन्त्री भूपेन्द्र राईले यो भेला कुनै व्यक्तिगत वा गुटगत स्वार्थका लागि नभई पार्टीलाई एकताबद्ध बनाउन दबाब समूहका रूपमा प्रस्तुत भएको बताए। उनका अनुसार हालको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया र संगठन सञ्चालनमा देखिएका समस्याप्रति गम्भीर समीक्षा आवश्यक छ।

इतर समूहका नेताहरूले पार्टीलाई पुनः सशक्त, एकताबद्ध र जनमुखी बनाउन नेतृत्व तहले तत्काल सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

राजनीतिक विश्लेषकहरूले विराटनगरको यो भेला कांग्रेसभित्र बढ्दो आन्तरिक असन्तुष्टि र सम्भावित शक्ति सन्तुलन परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति : २०८३, ३० जेष्ठ आईतबार  १२ : ४५ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको