२०८३, १० कार्तिक मंगलबार

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन


काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क समितिको भेला काठमाडौंमा सम्पन्न भएको छ। भेलाले संगठन विस्तार गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

भेलामा केन्द्रका अध्यक्ष नन्दराज घतानी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। भेलामा संगठनलाई प्रदेशस्तरमा थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित कोशी प्रदेश तदर्थ समिति गठन गरिएको हो।

नवगठित तदर्थ समितिको संयोजकमा सागर खाती र सह–संयोजकमा कुमार विश्वकर्मा चयन भएका छन्। समितिले दलित तथा उत्पीडित समुदायको अधिकार, सम्मान र मुक्ति आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ।

कार्यक्रममा मिन विश्वकर्माले तदर्थ समिति गठनसँगै संगठन विस्तार र आन्दोलनलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम भएको बताए। उनले आगामी दिनमा समुदायका अधिकार सुनिश्चित गर्न व्यापक अभियान सञ्चालन गरिने जानकारी दिए।

भेलाले दलित उत्पीडित समुदायको मुक्ति आन्दोलनलाई संगठित, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, २९ जेष्ठ शनिबार  २ : ३३ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको