२०८३, ७ कार्तिक शनिबार

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा अन्य बाली लगाउने मुख्य सिजन सुरु भइसकेको भन्दै किसानलाई समयमै मल, बीउ र कृषि सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

बागमती प्रदेश कमिटीको दोस्रो बैठकले पारित गरेको प्रस्तावमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र चितवन लगायत जिल्लामा रोपाइँको तयारी तीव्र भइरहेका बेला किसानले मल र उन्नत बीउको अभाव झेल्न नपरोस् भनेर तत्काल आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

बैठकले कृषि उत्पादन बढाउने कुरा भाषणमा मात्र सीमित नराखी किसानका आधारभूत आवश्यकतामा सरकारले विशेष ध्यान दिनुपर्ने जनाएको छ। हरेक वर्ष रोपाइँको समयमा मल अभाव दोहोरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै एमालेले कृषि क्षेत्रमा देखिएको अव्यवस्था अन्त्य गर्न प्रभावकारी पहल आवश्यक रहेको उल्लेख गरेको छ।

एमालेले खेतीयोग्य जमिन बाँझो रहने अवस्था आउन नदिन र किसानलाई उत्पादनमुखी बनाउन आवश्यक मल, बीउ–विजन तथा कृषि सामग्री सहज रूपमा उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति : २०८३, २९ जेष्ठ शनिबार  १ : २९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट