२०८३, २९ असार मंगलबार

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी


काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक मूल्यविरुद्ध सरकार उन्मुख भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति सच्याउन कडा चेतावनी दिएको छ।

बागमती प्रदेश कमिटीको दोस्रो बैठकले पारित गरेको प्रस्तावमा प्रधानमन्त्रीले जेठ ७ गते संघीय संसद्को रोष्ट्रमबाट व्यक्त गरेको ‘भारतले मात्र हाम्रो भूमि मिचेको होइन, हामीले पनि भारतको सीमा मिचेका रहेछौँ’ भन्ने अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र आपत्तिजनक भन्दै घोर भर्त्सना गरिएको छ। बैठकले नेपालको सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएको विषयमा प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले मुलुकको आधिकारिक अडान कमजोर बनाएको ठहर गरेको छ।

एमालेले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको विषयलाई पनि गम्भीर राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा उठाएको छ। बैठकले घटनाको वास्तविकता सार्वजनिक गर्न, सीमाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता गतिविधि पुनः दोहोरिन नदिन प्रभावकारी पहल गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै, सरकारले संवैधानिक व्यवस्थाविपरीत ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको आरोप लगाउँदै एमालेले उक्त कदम श्रमिक अधिकारमाथिको हस्तक्षेप भएको जनाएको छ। बैठकले निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोककै अवस्थामा चैत्र १४ गते पक्राउ गरिएको घटनालाई पनि स्मरण गर्दै त्यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित अमानवीय र निकृष्ट व्यवहारको संज्ञा दिएको छ। एमालेले उक्त घटनाको घोर भर्त्सना गर्दै लोकतान्त्रिक संस्कारमाथिको प्रहार भएको टिप्पणी गरेको छ।

सरकारका पछिल्ला गतिविधिले राष्ट्रिय स्वाभिमान, संवैधानिक व्यवस्था र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको निष्कर्ष निकाल्दै एमालेले यस्ता प्रवृत्ति तत्काल सच्याउन सरकारलाई चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, २९ जेष्ठ शनिबार  १ : १७ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको