२०८३, १० कार्तिक मंगलबार

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’


काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई विगतका सबै विवाद र घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले अर्थमन्त्रीले विपक्षीका ‘काण्ड’ सार्वजनिक गर्ने चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै सत्य तथ्यको परीक्षणबाट आफूहरू नभाग्ने स्पष्ट पारे। उनले विगतका घटनाको सत्यापन गर्न, कमजोरी भए स्वीकार्न र सच्याउन प्रतिपक्ष तयार रहेको बताए।

बरालले मुख्य प्रश्न विगतका घटना नभई वर्तमान बजेट प्रक्रियामाथि उठेको गम्भीर आशंका भएको जिकिर गरे। बजेट निर्माणका क्रममा करका दररेट तथा राजश्व सम्बन्धी व्यवस्थामा छेडखानी भएको आरोप लगाउँदै उनले त्यसबाट सरकार उम्किन नसक्ने बताए।

उनले संसद्मार्फत स्वतन्त्र छानबिन समिति गठन गरेर सम्पूर्ण विषयको सत्यतथ्य सार्वजनिक गर्न माग गरे। उनका अनुसार संसदीय छानबिनबिना यस्ता विवादको अन्त्य नहुने र गलत अभ्यासले संस्थागत रूप लिने खतरा रहनेछ।

बरालले संसद्को ध्यानाकर्षण गराउँदै बजेट निर्माण प्रक्रियामाथि उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिन नै लोकतान्त्रिक उत्तरदायित्वको सही अभ्यास हुने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८३, २८ जेष्ठ शुक्रबार  १२ : ५२ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको