२०८३, १७ श्रावण सोमबार

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको व्यवहारमाथि गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति र प्रश्नको जवाफ दिनबाट पन्छिने प्रवृत्तिलाई जनप्रतिनिधि संस्था तथा संसदीय प्रणालीप्रतिको उपेक्षा भएको बताएका छन्।

केसीले अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रश्न उठाउने सांसदहरूलाई ‘काण्डको फाइल खोल्ने’ चेतावनी दिएको विषयलाई संसदीय मर्यादा र लोकतान्त्रिक संस्कृतिविपरीत रहेको टिप्पणी गरे। उनका अनुसार संसद् धम्की, प्रतिशोध वा शक्ति प्रदर्शनको थलो नभई तर्क, बहस र नीति विमर्श गर्ने सर्वोच्च मञ्च हो।

राष्ट्रियता, सुशासन र जनचासोका विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारी अरूमार्फत निर्वाह गराउनु संसद्प्रतिको अपमान भएको बताए। केसीले शक्ति सन्तुलन, नियन्त्रण र जवाफदेहिताका स्थापित संसदीय अभ्यासहरू कमजोर पार्ने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूलाई क्षति पुर्‍याउने चेतावनी पनि दिए।

उनको भनाइले संसद्भित्र सरकारको जवाफदेहिता, कार्यकारी नेतृत्वको भूमिकामाथि उठिरहेका प्रश्न र संसदीय संस्कृतिको अवस्थाबारे नयाँ बहसलाई थप तीव्र बनाएको छ।

प्रकाशित मिति : २०८३, २८ जेष्ठ शुक्रबार  १२ : ३५ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको