२०८३, १८ आश्विन सोमबार

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत


काठमाडौं । मकवानपुरको भीमफेदी-८ बैदमारमा गएराति भएको सवारी दुर्घटनाले फास्ट ट्र्याक आयोजनाले एक युवा इञ्जिनियर गुमाएको छ। दुर्घटनामा आयोजनामा कार्यरत २१ वर्षीय सूर्य यादव र चालक बोधराज बुढाथोकीको मृत्यु भएको हो।

माण्डु हाइड्रोपावरतर्फ जाँदै गरेको बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका दुवैजनालाई प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएको थियो। तर उपचारका क्रममा चिकित्सकले आज बिहान मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि उक्त क्षेत्रको सडक सुरक्षामाथि पुनः प्रश्न उठेको छ। पछिल्ला महिनाहरूमा मकवानपुरका विभिन्न सडक खण्डमा दुर्घटनाका घटना बढ्दै गएका छन्।

प्रकाशित मिति : २०८३, २७ जेष्ठ बिहीबार  ८ : ५९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय