२०८३, २९ असार मंगलबार

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत


काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धान जारी राख्न अदालतले थप तीन दिनको म्याद दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको हो।

यससँगै दीपक भट्टमाथि अनुसन्धानका लागि आठौं पटक म्याद थप भएको छ भने शुलभ अग्रवालको हकमा पनि पुनः तीन दिनको म्याद थप गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको निकायको अनुरोधमा अदालतले हिरासत अवधि थप गरेको हो। अनुसन्धानका क्रममा आर्थिक कारोबार, सम्पत्तिको स्रोत तथा अन्य सम्बन्धित पक्षबारे थप प्रमाण संकलनको काम जारी रहेको जनाइएको छ।

उक्त प्रकरणलाई पछिल्लो समय बहुचर्चित आर्थिक अपराधका मुद्दामध्ये एकका रूपमा हेरिएको छ। अनुसन्धानको निष्कर्षपछि सम्बन्धित निकायले अभियोजन प्रक्रिया अगाडि बढाउने वा थप अनुसन्धान गर्ने विषय टुंगो लाग्नेछ।

प्रकाशित मिति : २०८३, २४ जेष्ठ सोमबार  ६ : ५९ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको