२०८३, ११ श्रावण मंगलबार

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता


काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। “समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन्। ललितपुरमा आयोजना हुने मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी सहभागी हुने कार्यक्रम छ।

तर हरेक वर्षझैँ वातावरण दिवस मनाउँदै गर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ,के वातावरण संरक्षण केवल भाषण, गोष्ठी र नारामा सीमित हुँदै गएको त होइन?

नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको देश हो। हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्, बाढी–पहिरोका घटना बढिरहेका छन्, वन डढेलोले वर्षेनी हजारौं हेक्टर वन नष्ट गरिरहेको छ। नदी, खोला र सहरहरू प्रदूषणको चपेटामा छन्। तर यस्ता समस्याको समाधानका लागि आवश्यक दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन अझै कमजोर देखिन्छ।

वातावरण संरक्षण केवल एक दिनको औपचारिकता होइन, यो भावी पुस्ताको अस्तित्वसँग जोडिएको विषय हो। विकासका नाममा जथाभावी प्राकृतिक स्रोतको दोहन, अव्यवस्थित सहरीकरण र वातावरणीय मापदण्डको बेवास्ताले भविष्यलाई थप जोखिमतर्फ धकेलिरहेको छ।

विश्व वातावरण दिवसले हामीलाई एउटा स्पष्ट सन्देश दिन्छ,प्रकृतिको रक्षा बिना समृद्धि सम्भव छैन। जलवायु र वातावरणको संरक्षण कुनै एक मन्त्रालय वा निकायको मात्र जिम्मेवारी होइन, यो राज्य, समाज र नागरिक सबैको साझा दायित्व हो।

आजको दिन रूख रोपेर फोटो खिच्नेभन्दा पनि वातावरणमैत्री नीति, कडा कार्यान्वयन र प्रकृतिप्रतिको जिम्मेवारीलाई व्यवहारमा उतार्ने प्रतिबद्धता आवश्यक छ। किनकि प्रकृतिले दिएको चेतावनीलाई अझै पनि बेवास्ता गरियो भने भविष्यका पुस्ताले हाम्रो लापरवाहीको ठूलो मूल्य चुकाउनुपर्नेछ।

प्रकाशित मिति : २०८३, २१ जेष्ठ शुक्रबार  ७ : ३१ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा