२०८३, २९ भाद्र मंगलबार

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग


बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल पैदा भएको छ। नेकपा (माओवादी पृष्ठभूमि) का वडा कमिटी अध्यक्ष कमल खत्रीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्।

खत्रीलाई रास्वपाका स्थानीय नेताहरूले औपचारिक रूपमा स्वागत गर्दै नगर कमिटी सचिव पदमा जिम्मेवारी दिएका छन्। पार्टी प्रवेशपछि संगठनभित्र नयाँ समीकरण बनेको स्थानीय तहमा चर्चा छ।

उक्त वडाबाटै नेकपाका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका कारण यो प्रवेशलाई राजनीतिक रूपमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। स्थानीय नेताहरूका अनुसार पार्टीभित्र नेतृत्व शैली र कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको थियो, जसकै कारण संगठन कमजोर हुँदै गएको दाबी गरिएको छ।

तर आलोचक पक्षले भने आफ्नै पार्टीका वडा कमिटी अध्यक्षलाई समेत टिकाउन नसक्ने नेतृत्वले विकास र जनअपेक्षा कसरी पूरा गर्न सक्छ भन्ने प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ३ : ०० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक