२०८३, ३० भाद्र बुधबार

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु, सदन चल्ने-नचल्ने अन्योल

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु, सदन चल्ने-नचल्ने अन्योल


काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्याल ले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सोसँगै बजेटमाथिको औपचारिक छलफल सुरु हुने भएको छ।

तर, संसद् सञ्चालन सहज हुने संकेत भने देखिएको छैन। प्रधानमन्त्रीको कथित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रोशित छन्। उक्त विषय रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने उनीहरूको अडान कायमै छ।

सत्तापक्ष र विपक्षबीच सहमति नजुटेकाले आजको बैठक पनि अवरोधबीच अघि बढ्छ कि स्थगित हुन्छ भन्ने विषयमा अन्योल कायमै छ। बजेटमाथिको छलफल सुरु हुने औपचारिकता भए पनि सदनको वास्तविक कार्यप्रवाह राजनीतिक तनावमै अड्किएको देखिन्छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : २१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक