२०८३, १० कार्तिक मंगलबार

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु, सदन चल्ने-नचल्ने अन्योल

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु, सदन चल्ने-नचल्ने अन्योल


काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्याल ले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सोसँगै बजेटमाथिको औपचारिक छलफल सुरु हुने भएको छ।

तर, संसद् सञ्चालन सहज हुने संकेत भने देखिएको छैन। प्रधानमन्त्रीको कथित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रोशित छन्। उक्त विषय रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने उनीहरूको अडान कायमै छ।

सत्तापक्ष र विपक्षबीच सहमति नजुटेकाले आजको बैठक पनि अवरोधबीच अघि बढ्छ कि स्थगित हुन्छ भन्ने विषयमा अन्योल कायमै छ। बजेटमाथिको छलफल सुरु हुने औपचारिकता भए पनि सदनको वास्तविक कार्यप्रवाह राजनीतिक तनावमै अड्किएको देखिन्छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : २१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा