२०८३, ३० भाद्र बुधबार

भाजपा मुख्यालयमा आज रवि लामिछाने, अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता

भाजपा मुख्यालयमा आज रवि लामिछाने, अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता


काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने ले आज नयाँ दिल्लीमा भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।

कार्यक्रमअनुसार लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नीतिन नवीन लगायतका नेताहरूसँग भेट गर्नेछन्। रास्वपाको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा दुई देशका राजनीतिक शक्तिबीचको सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भएको यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा सार्वजनिक महत्त्वका व्यक्तिहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

रास्वपाले यस भ्रमणलाई अन्तरपार्टी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा क्षेत्रीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : ०४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक