२०८३, १० कार्तिक मंगलबार

भाजपा मुख्यालयमा आज रवि लामिछाने, अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता

भाजपा मुख्यालयमा आज रवि लामिछाने, अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता


काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने ले आज नयाँ दिल्लीमा भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।

कार्यक्रमअनुसार लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नीतिन नवीन लगायतका नेताहरूसँग भेट गर्नेछन्। रास्वपाको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा दुई देशका राजनीतिक शक्तिबीचको सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भएको यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा सार्वजनिक महत्त्वका व्यक्तिहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

रास्वपाले यस भ्रमणलाई अन्तरपार्टी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा क्षेत्रीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : ०४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा