२०८३, २९ भाद्र मंगलबार

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो, २५ करोड बजेट विनियोजन

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो, २५ करोड बजेट विनियोजन


दाङ । झण्डै सात दशकको प्रतीक्षापछि दाङको ऐतिहासिक टरिगाउँ विमानस्थल विस्तारको प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा विमानस्थलको धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी सार्वजनिक भएपछि दाङवासी उत्साहित बनेका छन्।

२०११ सालदेखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थल नेपालको पुराना विमानस्थलमध्ये एक हो। हाल ७५० मिटर मात्र कालोपत्रे धावनमार्ग रहेको विमानस्थलमा १९ सिटेसम्मका साना जहाज मात्र अवतरण गर्न सक्छन्। नयाँ बजेटमार्फत धावनमार्गलाई १,५०० मिटर पुर्‍याउने योजना रहेको बताइएको छ, जसले ७२ सिटेसम्मका विमान सञ्चालनको बाटो खोल्ने अपेक्षा गरिएको छ।

दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुबेदीका अनुसार विमानस्थल विस्तार बहुवर्षीय आयोजनाका रूपमा अघि बढ्नेछ। उनले यसलाई दाङको आर्थिक, पर्यटन तथा सामाजिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

यसैबीच, तुलसीपुर–जलकुन्दीदेखि दगौरा खोलासम्म सल्यान जोड्ने सडकका लागि ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै तुलसीपुरस्थित बबई नदीमा नयाँ पक्की पुल निर्माणका लागि समेत बजेट छुट्याइएको जनाइएको छ।

लुम्बिनी प्रदेशको राजधानी दाङमा विमानस्थल, सडक र पुलजस्ता पूर्वाधार आयोजनामा बजेट वृद्धि हुनु विकासको नयाँ संकेतका रूपमा हेरिएको छ। यदि विनियोजित बजेट अनुसार काम अघि बढ्यो भने वर्षौंदेखि चर्चामा रहेको टरिगाउँ विमानस्थलले नयाँ स्वरूप पाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ८ : ३५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक