२०८३, १० कार्तिक मंगलबार

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले सार्वजनिक गरेको कार्यसूचीअनुसार लामिछानेले भारतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा समर्थकहरूसँग पनि अन्तरक्रिया गर्नेछन्। भ्रमणका क्रममा उनी अयोध्या समेत जाने कार्यक्रम रहेको बताइएको छ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०८३, १७ जेष्ठ सोमबार  ८ : ०६ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको