२०८३, १० कार्तिक मंगलबार

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ


काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा उनको बैंक खातामा ठूलो रकमको कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान अघि बढाइएको थियो।

ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान थाले पनि अधिकारी फरार भई विदेश पुगेकी थिइन्।

फरार भएपछि नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो। सोही आधारमा थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको हो।

प्रहरीका अनुसार अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०८३, १६ जेष्ठ आईतबार  ११ : ०१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा