२०८३, ३० भाद्र बुधबार

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”


काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई राष्ट्र निर्माणको “महान प्रेरणा र अभिभारा” का रूपमा व्याख्या गरेका छन्।

राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अब यसको सफल कार्यान्वयनका लागि सुशासन, नैतिकता र राजनीतिक निष्ठा अनिवार्य रहेको बताए। उनका अनुसार गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो।

उनले ढिलासुस्ती, अनियमितता र बेथितिलाई वर्तमान समयको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै राज्यका सबै निकायले जिम्मेवार, परिणाममुखी र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिए। साथै, राजनीतिक दल, सरकार र नेतृत्वले चरित्र, निष्ठा र आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपतिले सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक न्यायलाई प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए। कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक क्षेत्रको सुदृढीकरण बिना गणतन्त्रको उपलब्धि नागरिकको जीवनमा अनुभूत नहुने उनको भनाइ थियो।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक सर्वोच्चता स्थापित गरेको उल्लेख गर्दै सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको र स्थानीय तथा प्रदेश सरकारमार्फत जनताले प्रत्यक्ष शासन अभ्यास गरिरहेको बताए।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले जनआन्दोलन तथा विभिन्न संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि योगदान दिने सबै योद्धाप्रति सम्मान व्यक्त गरे।

यसअघि गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिलाई विशेष सम्बोधनका लागि अनुरोध गरिएको थियो।

प्रकाशित मिति : २०८३, १४ जेष्ठ शुक्रबार  ११ : ३८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक