२०८३, १० कार्तिक मंगलबार

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”


काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई राष्ट्र निर्माणको “महान प्रेरणा र अभिभारा” का रूपमा व्याख्या गरेका छन्।

राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अब यसको सफल कार्यान्वयनका लागि सुशासन, नैतिकता र राजनीतिक निष्ठा अनिवार्य रहेको बताए। उनका अनुसार गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो।

उनले ढिलासुस्ती, अनियमितता र बेथितिलाई वर्तमान समयको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै राज्यका सबै निकायले जिम्मेवार, परिणाममुखी र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिए। साथै, राजनीतिक दल, सरकार र नेतृत्वले चरित्र, निष्ठा र आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपतिले सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक न्यायलाई प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए। कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक क्षेत्रको सुदृढीकरण बिना गणतन्त्रको उपलब्धि नागरिकको जीवनमा अनुभूत नहुने उनको भनाइ थियो।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक सर्वोच्चता स्थापित गरेको उल्लेख गर्दै सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको र स्थानीय तथा प्रदेश सरकारमार्फत जनताले प्रत्यक्ष शासन अभ्यास गरिरहेको बताए।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले जनआन्दोलन तथा विभिन्न संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि योगदान दिने सबै योद्धाप्रति सम्मान व्यक्त गरे।

यसअघि गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिलाई विशेष सम्बोधनका लागि अनुरोध गरिएको थियो।

प्रकाशित मिति : २०८३, १४ जेष्ठ शुक्रबार  ११ : ३८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा