२०८३, १८ आश्विन सोमबार

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित


काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर घिसिङ अध्यक्षमा निर्वाचित भएका छन्। जापानको टोकियोमा सम्पन्न महाधिवेशनले आगामी २०२६–२०२८ कार्यकालका लागि घिसिङको नेतृत्वमा २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।

महाधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष घिसिङले समाजलाई अझ “पारदर्शी, संगठित र सेवामुखी” बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले जापानमा रहेका सम्पूर्ण तामाङ समुदायलाई एकताबद्ध भएर साझा लक्ष्यतर्फ अघि बढ्न आह्वानसमेत गरे।

कार्यक्रममा जापानभरिबाट आएका तामाङ समुदायका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले प्रवासमा रहेर पनि नेपाली तामाङ समुदायले भाषा, धर्म, संस्कृति र पहिचान संरक्षणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

निर्वाचन परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा तेज बहादुर थिङ चयन भएका छन्। उपाध्यक्षहरूमा ललिता तामाङ, अष्ट माया तामाङ, सुस्मा लामा वाइबा, कर्म दोङ तामाङ र नानी माया तामाङ रहेका छन्। त्यसैगरी महासचिवमा देवेन्द्र तामाङ चयन भएका छन्। सचिवहरूमा मनिता मोक्तान, प्रकाश तामाङ ग्लान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा र विशाल जिम्बा रहेका छन्। कोषाध्यक्षमा लक्ष्मी वाइबा मोक्तान चयन भएकी छन् भने सह–कोषाध्यक्षमा निरू तामाङ र रोनिश तामाङ रहेका छन्।

सदस्यहरूमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रशान तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, सुरज तामाङ र अर्जुन तामाङ चयन भएका छन्।

महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिले सहभागी, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, ११ जेष्ठ मंगलबार  ११ : ३३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय