२०८३, १० कार्तिक मंगलबार

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै


काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू अघि बढाउने तयारी गरिएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि प्रारम्भिक छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई विस्तृत दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ। बैठकको कार्यसूचीमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक पनि समावेश छन्। जसअनुसार: प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र २०८३ मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ यी दुवै विधेयकमाथि दफाबार छलफल गर्दै अन्तिम निर्णयतर्फ अघि बढाउने तयारी गरिएको छ।

संसद् बैठकमा आज प्रस्तुत हुने यी विधेयकहरूलाई कानुनी सुधार र निर्वाचन व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २०८३, ११ जेष्ठ मंगलबार  ९ : ४८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा