२०८३, १९ आश्विन मंगलबार

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा


काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन्। केही दिनअघि मात्रै सम्झौता अन्तिम चरणमा पुगेको संकेत दिएका ट्रम्प अहिले भने अझै धेरै संवेदनशील विषयमा सहमति बाँकी रहेको बताइरहेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत औपचारिक सहमति नभएसम्म हर्मुज जलडमरूमध्यमा इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी यथावत् रहने स्पष्ट पारे। “दुवै पक्षले समय लिएर सही ढंगले सम्झौता टुंग्याउनुपर्छ,” उनले लेखेका छन्।

अमेरिका र इरानबीच सम्भावित सहमतिअनुसार विश्वकै महत्वपूर्ण तेल मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। तर अमेरिकी प्रशासनका अधिकारीहरूका अनुसार सम्झौता अझै अन्तिम निष्कर्षमा पुगेको छैन। मुख्य विवाद उच्च तहमा संवर्द्धित युरेनियम कसरी हटाउने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ।

इरानले सैद्धान्तिक रूपमा हर्मुज मार्ग खुला गर्न र संवर्द्धित युरेनियम हटाउन सहमति जनाए पनि कार्यान्वयनको मोडालिटी अझै पेचिलो बनेको छ। साथै तेहरानले विदेशमा रोकिएका सम्पत्ति फुकुवा तथा अमेरिकी प्रतिबन्ध खुकुलो बनाउने विषयलाई प्रारम्भिक चरणमै सुनिश्चित गर्नुपर्ने अडान राखेको छ।

सम्भावित सम्झौताले अमेरिकाभित्रै आलोचना खेपिरहेको छ। अमेरिकी सिनेटर क्रिस भान होलेनले प्रस्तावित ढाँचालाई “युद्धअघिकै अवस्थाको पुनरावृत्ति” भन्दै आलोचना गरेका छन्।

उता इसराइलमा पनि चिन्ता बढेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएर इरान वार्ताबारे रणनीतिक छलफल गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : ३६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि