२०८३, १० कार्तिक मंगलबार

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नै एमाले अघि बढ्ने बताएका छन्।

आइतबार अध्यक्ष ओलीको निवासमा लगातार तीन दिनसम्म बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले बाहिर फैलाइएका “अध्यक्ष परिवर्तन” र “राजीनामाको दबाब” सम्बन्धी चर्चाहरू भ्रमपूर्ण भएको दाबी गरे।

उनले सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए। “अध्यक्षज्यूले जे प्रस्ताव गर्नुभयो, त्यही नै पारित भयो,” बस्नेतले भने।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी विषय पनि टुंगो लगाएको छ। बस्नेतका अनुसार राष्ट्रपति बनेर बिताएको ८ वर्षको अवधिलाई पार्टी सदस्यतामा गणना नगर्ने गरी ०३७ सालदेखिको सदस्यता कायम गर्ने निर्णय सर्वसम्मतबाट पारित गरिएको हो।

बस्नेतले एमालेभित्र नेतृत्व परिवर्तनको बहस कमजोर रहेको संकेत गर्दै आगामी दिनमा पनि पार्टीको नेतृत्व ओलीले नै गर्ने दाबी गरे। उनले बाहिर फैलाइएका “संख्या कमजोर”, “नेतृत्व संकट” जस्ता चर्चालाई नियोजित प्रचारको संज्ञा दिए।

सचिवालय बैठकपछि एमालेभित्र अध्यक्ष ओलीको पकड अझ बलियो देखिएको विश्लेषण समेत हुन थालेको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : ३३ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा