२०८३, १८ आश्विन सोमबार

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप


काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यही कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ भने तराईका केही भू–भागमा अत्यधिक गर्मी र तातो हावाको जोखिम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने चेतावनीसमेत दिइएको छ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि छिटफुट वर्षाको सम्भावना रहेको छ।

उता तराई क्षेत्र भने अत्यधिक गर्मीको चपेटामा पर्ने देखिएको छ। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। मौसमविद्हरूले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बादल कायम रहनेछ। ती क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहने भएकाले यात्रु, किसान तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : २६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय