२०८३, १० कार्तिक मंगलबार

आजको मौसम: केही ठाउँमा भारी वर्षा, तराईमा तातो लहरको चेतावनी

आजको मौसम: केही ठाउँमा भारी वर्षा, तराईमा तातो लहरको चेतावनी


काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । यही प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा बादल, वर्षा र तातो मौसमको मिश्रित अवस्था रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने जनाइएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले चेतावनी दिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन र तातो लहरको असर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रहनेछ । विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३, ८ जेष्ठ शनिबार  ८ : ३२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा