२०८३, १९ आश्विन मंगलबार

गुण्डुमा एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी

गुण्डुमा एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी


काठमाडौं ।  केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निजी निवासमा सुरु भएको छ।

बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने, हालसम्मका राजनीतिक तथा संगठनात्मक गतिविधिको समीक्षा गर्ने तथा आगामी निर्वाचनलाई लक्षित रणनीति तय गर्ने मुख्य एजेन्डा रहेका छन्।

पार्टी स्रोतका अनुसार गत जेठ ५ गते अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमाथि आज विस्तृत छलफल गरी अन्तिम निर्णय गर्ने तयारी गरिएको छ। उक्त निर्णयलाई पछि अन्तरपार्टी निर्देशन (अपानि) मार्फत सबै मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई औपचारिक रूपमा पठाइनेछ।

११ औँ महाधिवेशनपछि एमालेले नेताहरूको जिम्मेवारी अस्थायी रूपमा मात्र बाँडफाँट गर्दै आएको थियो। अब भने संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्थायी तथा स्पष्ट कार्यविभाजन गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।

आगामी स्थानीय तह तथा अन्य निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले नेताहरूको जिम्मेवारी पुनःसंरचना गर्न लागेको हो। यसले पार्टीको संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  १ : २७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि