२०८३, २९ जेष्ठ शनिबार

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्।

विश्वासको मतको पूर्वसन्ध्यामा मधेशको राजनीतिक समीकरण फेरबदल भएको छ। सत्ता जोगाउन नेपाली कांग्रेस, नेकपा (एमाले) र अन्य घटकबीच नयाँ तीन दलीय गठबन्धन बनेको छ।

यसैबीच मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् भने एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन्।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेश सरकार संकटमा परेको थियो। त्यसपछि विश्वासको मत लिने तयारी भए पनि आन्तरिक असन्तुष्टि र राजनीतिक असमझदारीका कारण प्रक्रिया केही समय रोकिएको थियो।

नयाँ सत्ता समीकरण बनेपछि सरकारसँग १०७ सदस्यीय प्रदेशसभामा बहुमत पुग्ने दाबी गरिएको छ। विश्वासको मतका लागि ५४ सिट आवश्यक पर्छ भने नयाँ गठबन्धनसँग करिब ६१ सांसदको समर्थन रहेको बताइएको छ।

जसपा नेपालका तीन मन्त्री बर्खास्त भएपछि प्रदेश सरकारभित्र तनाव बढेको छ। जनमत पार्टी र जसपा नेपालका केही मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन्।

आजको विश्वासको मत मतदान मधेश प्रदेशको राजनीतिक भविष्य निर्धारण गर्ने महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  ९ : ०२ बजे

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको

विश्वकप २०२६ : फुटबल मात्र होइन, विश्वलाई जोड्ने उत्सव

आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल