२०८३, १९ आश्विन मंगलबार

एमाले सचिवालय बैठक आज : कार्यविभाजन टुंग्याउने तयारी

एमाले सचिवालय बैठक आज : कार्यविभाजन टुंग्याउने तयारी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा रहेको निजी निवासमा बिहान ११ बजे बैठक सुरु हुने तय भएको छ ।

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आजको बैठकको मुख्य एजेण्डा केन्द्रीय पदाधिकारी र सदस्यहरूको कार्यविभाजन टुंग्याउनु हो । गत मंसिरमा सम्पन्न ११औँ महाधिवेशनपछि निर्वाचित नेतृत्वलाई जिम्मेवारी बाँडफाँड गर्ने प्रक्रिया अझै बाँकी रहेको छ ।

यसअघि बसेको सचिवालय बैठकमा कार्यविभाजनको प्रारम्भिक प्रस्ताव प्रस्तुत गरिएको थियो, जसलाई आज अन्तिम रूप दिने तयारी गरिएको छ । पार्टी संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित जिम्मेवारी स्पष्ट गर्ने तयारी भएको बताइएको छ ।

बैठकले पछिल्ला राजनीतिक निर्णयहरूका कारण थप महत्व पाएको छ । केही दिनअघि मात्रै सचिवालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको पार्टी सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो । सो निर्णयपछि पार्टीभित्र र बाहिर राजनीतिक चासो थप बढेको देखिन्छ ।

आजको बैठकले संगठनात्मक जिम्मेवारीसँगै आगामी राजनीतिक रणनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  ८ : ०२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि