२०८३, २९ भाद्र मंगलबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सुरु भएको पेट्रोलियम अन्वेषण परियोजनालाई राष्ट्रिय गौरवको आयोजना भन्दै त्यसको सफलताका लागि सडक पूर्वाधार सुधार अपरिहार्य भएको सांसदहरूले बताएका छन्।

कर्णाली प्रदेशको रणनीतिक महत्व बोकेको दैलेख पेट्रोलियम अन्वेषण परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सुर्खेत–दैलेख सडक खण्डको तत्काल स्तरोन्नति आवश्यक भएको विषय संसदमा उठेको छ। सांसद बासना थापाले प्रतिनिधि सभा बैठकमा बोल्दै कर्णालीको प्रमुख लाइफलाइनका रूपमा रहेको सुर्खेत–दैलेख सडक अझै साँघुरो, जोखिमपूर्ण र यातायातका दृष्टिले असुरक्षित अवस्थामा रहेको बताइन्। उनका अनुसार अन्वेषण परियोजना मात्र होइन, समग्र आर्थिक गतिविधि विस्तारका लागि पनि सडक सुधार पहिलो प्राथमिकता हुनुपर्छ।

उनले दैलेखमा जारी पेट्रोलियम उत्खनन तथा अन्वेषण कार्यलाई राष्ट्रिय महत्वको आयोजना भन्दै यसको सफल कार्यान्वयनका लागि सरकारलाई ढिलाइ नगरी सडक विस्तार अघि बढाउन आग्रह गरिन्।

साथै, उनले दैलेख जिल्ला अस्पतालको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याउँदै स्वास्थ्य पूर्वाधार कमजोर हुँदा स्थानीय नागरिक प्रत्यक्ष प्रभावित भइरहेको बताइन्।

संसदमा उठेका यी विषयसँगै कर्णाली प्रदेशको पूर्वाधार विकास, स्वास्थ्य सेवा र राष्ट्रिय ऊर्जा सम्भावनाबारे फेरि व्यापक बहस सुरु भएको छ।

प्रकाशित मिति : २०८३, ५ जेष्ठ बुधबार  २ : २४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक