२०८३, १० कार्तिक मंगलबार

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा टेबुल गरेकी हुन्।

सरकारले निर्वाचन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र अद्यावधिक बनाउने उद्देश्यसहित विधेयक अघि बढाएको बताइएको छ। विधेयक पेस भएसँगै संसद्मा केही समय सामान्य छलफलसमेत भएको थियो।

यससँगै आजको प्रतिनिधिसभा बैठक समाप्त गरिएको छ। सभामुख डीपी अर्याल ले अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको जानकारी दिए।

निर्वाचन कानुनसँग जोडिएका यी संशोधन प्रस्तावलाई आगामी राजनीतिक बहस र शक्ति समीकरणसँग समेत जोडेर हेरिएको छ।

प्रकाशित मिति : २०८३, ५ जेष्ठ बुधबार  २ : ०१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा