२०८३, १८ आश्विन सोमबार

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा टेबुल गरेकी हुन्।

सरकारले निर्वाचन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र अद्यावधिक बनाउने उद्देश्यसहित विधेयक अघि बढाएको बताइएको छ। विधेयक पेस भएसँगै संसद्मा केही समय सामान्य छलफलसमेत भएको थियो।

यससँगै आजको प्रतिनिधिसभा बैठक समाप्त गरिएको छ। सभामुख डीपी अर्याल ले अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको जानकारी दिए।

निर्वाचन कानुनसँग जोडिएका यी संशोधन प्रस्तावलाई आगामी राजनीतिक बहस र शक्ति समीकरणसँग समेत जोडेर हेरिएको छ।

प्रकाशित मिति : २०८३, ५ जेष्ठ बुधबार  २ : ०१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय