२०८३, १० कार्तिक मंगलबार

सदनमा फेरि तनाव : हर्क नरोकिने, सभामुखको कडा चेतावनी

सदनमा फेरि तनाव : हर्क नरोकिने, सभामुखको कडा चेतावनी


काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले फेरि विरोध जनाएका छन्। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न गर्न पाउनुपर्ने माग गर्दै सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

विरोधका क्रममा सांसद हर्क विशेष रूपमा आक्रामक देखिएका थिए। उनले सभामुखको निर्देशन बेवास्ता गर्दै निरन्तर बोल्न खोजेपछि सदन केहीबेर तनावग्रस्त बनेको थियो।

सभामुखले भने मन्त्रीहरूले उठेका प्रश्नको उत्तर दिइसकेको र आवश्यक परे आगामी बैठकमा थप स्पष्ट पार्न सकिने बताएका थिए। उनले स्पष्ट शब्दमा भने, “आज दुईवटा मन्त्रालयका मन्त्रीज्यूहरूले प्रश्नको उत्तर दिनुभयो। छुटेका विषय आवश्यकताअनुसार फेरि पनि सम्बोधन गरिनेछ।”

तर त्यसपछि पनि हर्क आफ्नो अडानबाट पछि हटेनन्। पटक–पटक बोल्न खोजेपछि सभामुखले कडा चेतावनी दिँदै सदनको मर्यादा कायम गर्न आग्रह गरे।

सभामुखको चेतावनी थियो, “आज तीनचोटि रुलिङ गरिसकेको छु। मर्यादामा बस्नुहोस्, आफ्नो स्थानमा बस्नुहोस्। हरेक दिन माननीय सदस्यहरूले देखाइरहेको व्यवहार संविधान, कानुन र नियमावलीभन्दा बाहिर गइरहेको छ।”

उनले केही सांसदहरूको गतिविधि प्रतिनिधिसभा नियमावली विपरीत रहेको भन्दै नियम २१ को खण्ड ‘क’ प्रति ध्यानाकर्षण गराए। सभामुखले सदनलाई संवाद र मर्यादाको थलो बनाउनुपर्नेमा जोड दिँदै अभद्र व्यवहार रोक्न आग्रह गरे।

पछिल्ला केही दिनयता संसद् बैठक लगातार अवरोध, नाराबाजी र नियमावली विवादका कारण प्रभावित हुँदै आएको छ। विपक्षी र साना दलहरूले प्रतिप्रश्न र विशेष समयको मागलाई लिएर दबाब बढाइरहेका छन् भने सभामुखले बैठकलाई प्रक्रिया र नियमअनुसार अघि बढाउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : २०८३, ५ जेष्ठ बुधबार  १ : ५७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा