२०८३, १० कार्तिक मंगलबार

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत


काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्ट ले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

यसअघि भने भण्डारीको सदस्यता नवीकरण प्रक्रियामाथि विवाद उत्पन्न भएको थियो । एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले पूर्व राष्ट्रपतिको हैसियतमा गरिएको सदस्यता नवीकरण वैधानिक नभएको निष्कर्ष निकाल्दै सदस्यता कायम नगर्ने निर्णय गरेको थियो ।

तर पछिल्लो सचिवालय बैठकले पुरानो निर्णयलाई पुनरावलोकन गर्दै सदस्यता खुलाउने निर्णय गरेपछि एमालेभित्र नयाँ राजनीतिक सन्देश गएको विश्लेषण गरिएको छ । यसलाई पूर्व राष्ट्रपति भण्डारीलाई पुनः पार्टी राजनीतिमा सक्रिय बनाउने संकेतका रूपमा समेत हेरिएको छ ।

राष्ट्रपति पदबाट बाहिरिएपछि भण्डारी लामो समय औपचारिक राजनीतिक गतिविधिबाट टाढा रहेकी थिइन् । तर एमालेभित्र पछिल्लो समय संगठनात्मक पुनर्संरचना, शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिका सन्दर्भमा उनको भूमिकाबारे चर्चा बढिरहेका बेला आएको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले वृत्तमा भण्डारीको सक्रियता आगामी दिनमा पार्टीभित्र वैचारिक तथा संगठनात्मक प्रभाव विस्तारसँग जोडिन सक्ने चर्चा समेत सुरु भएको छ ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  ६ : १४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा