२०८३, २९ जेष्ठ शनिबार

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस


काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि सरकारको कामकारबाहीसम्मका विषयमा व्यापक छलफल सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको बैठकमा ११ वटा महत्वपूर्ण एजेन्डा प्रस्तुत गरिएको हो ।

उपमहासचिव लेखराज भट्ट का अनुसार बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ भने सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने तय गरिएको छ ।

बैठकमा सबैभन्दा बढी चासोको विषय पदाधिकारीहरुको वरियताक्रम र नेताहरुको जिम्मेवारी बाँडफाँट बनेको छ । महाधिवेशनपछि लामो समयसम्म कार्यविभाजन टुंगिन नसकेको अवस्थामा एमाले अब संगठनलाई सक्रिय बनाउने मोडमा पुगेको नेताहरुले बताएका छन् ।

सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाउने, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित मैदानमा खटाउने तथा पार्टी संरचनालाई स्थानीय तहसम्म प्रभावकारी बनाउने रणनीतिमा एमाले केन्द्रित देखिएको छ ।

यस्तै, बैठकमा सरकारको कामको समीक्षा पनि प्रमुख एजेन्डाका रूपमा उठाइएको छ । जनतासँग जोडिएका मुद्दामा सरकार प्रभावकारी बन्न नसकेको, सुशासन र सेवा प्रवाहमा कमजोरी देखिएको लगायत विषयमा नेताहरुले धारणा राखेको स्रोतको भनाइ छ ।

एमालेले अब संविधान संशोधनको बहसलाई पनि औपचारिक रूपमा अघि बढाउने संकेत दिएको छ । त्यसका लागि सुझाव संकलन गर्न कार्यदल गठन गर्ने तयारी गरिएको छ । साथै, पछिल्लो निर्वाचनको समीक्षा प्रतिवेदन तयार पार्न छुट्टै कार्यदल बनाउने विषयमा पनि छलफल भएको छ ।

बैठकमा पार्टीको दीर्घकालीन संरचनागत योजनामाथि समेत चर्चा भएको छ । केन्द्रीय कार्यालय भवन निर्माण, पार्टी सम्पत्ति व्यवस्थापन तथा नीति अध्ययन एवं अनुसन्धान प्रतिष्ठानलाई सक्रिय बनाउने विषयलाई एमालेले प्राथमिकतामा राखेको छ ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै संगठनलाई अझ चलायमान, अनुशासित र परिणाममुखी बनाउन निर्देशन दिएका थिए । उनले आगामी राजनीतिक चुनौती सामना गर्न पार्टी पंक्तिलाई जनतामाझ अझ सशक्त रूपमा उत्रिनुपर्नेमा जोड दिएको एमाले स्रोतले जनाएको छ ।

एमाले अहिले संगठन पुनर्गठन, नेतृत्व व्यवस्थापन र आगामी निर्वाचन केन्द्रित तयारीलाई समानान्तर रूपमा अगाडि बढाउने रणनीतिमा देखिएको छ ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  ६ : १० बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको