२०८३, १९ आश्विन मंगलबार

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४ रनमै समेटिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा अलआउट भयो।

स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रनको योगदान दिए। त्यस्तै माइकल लिस्कले अर्धशतक प्रहार गरे भने जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका लागि बलिङतर्फ उत्कृष्ट प्रदर्शन देखियो। ललित राजवंशी ले ४ विकेट लिए भने सन्दीप लामिछाने ले ३ विकेट हात पारे। नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए।

यसै खेलमा सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले ७३ खेलमै यो कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

यससँगै नेपालले जितका लागि १९५ रनको लक्ष्य पाएको छ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  १ : १८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि