२०८३, १० कार्तिक मंगलबार

नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाइँदै

नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाइँदै


काठमाडौं । सत्तारुढ दल नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकको मुख्य एजेण्डा नेताहरुको कार्यविभाजन र संगठन सुदृढीकरण रहनेछ ।

यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेताहरुको जिम्मेवारी टुंगो नलागेकाले आजको बैठकलाई एमालेभित्र विशेष महत्वका साथ हेरिएको छ ।

पार्टी स्रोतका अनुसार एमालेले अब संगठनलाई पालिकास्तरसम्म प्रभावकारी ढंगले परिचालन गर्ने रणनीति अघि बढाएको छ । सोहीअनुसार प्रत्येक केन्द्रीय सदस्यलाई पालिकास्तरको इञ्चार्ज बनाएर खटाउने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको जनाधार थप मजबुत बनाउने, संगठनलाई चलायमान बनाउने तथा जनतामाझ प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यसहित यस्तो मोडालिटी ल्याउन लागिएको बताइएको छ ।

बैठकमा केन्द्रीय विभाग, जनसंगठन तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ । महाधिवेशनपछि नेतृत्व चयन भए पनि जिम्मेवारी बाँडफाँट ढिलाइ हुँदा पार्टीभित्र असन्तुष्टि बढिरहेको बेला सचिवालय बैठकबाट त्यसलाई टुंगो लगाउने अपेक्षा गरिएको छ ।

यस्तै, फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । पार्टीले पछिल्लो राजनीतिक अवस्थाबारे व्यापक समीक्षा गर्दै आगामी रणनीति तय गर्ने तयारी गरेको एमाले नेताहरुले बताएका छन् ।

बैठकमा सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा अपनाएको शैली, विस्थापित नागरिकको व्यवस्थापन तथा सरकारका पछिल्ला कामकारबाहीका कारण जनतामा परेको असरबारे पनि गम्भीर छलफल हुने एमाले स्रोतले जनाएको छ । विपक्षी दलमाथि राजनीतिक प्रतिशोध साँध्ने र जनजीविकाका सवाल बेवास्ता गर्ने काम भएको भन्दै एमालेले सरकारको आलोचना गर्ने तयारी गरेको बुझिएको छ ।

एमालेभित्र अहिले संगठन पुनः सक्रिय बनाउने, कार्यकर्तालाई पुनर्गठित गर्ने र स्थानीय तहसम्म पार्टीको पकड बलियो बनाउने अभियान तीव्र पारिएको छ । सचिवालय बैठकलाई सोही अभियानको निर्णायक सुरुवातका रूपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  १० : ४२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा