२०८३, १० कार्तिक मंगलबार

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने


काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि चीनले इरानलाई हतियार नदिने र हर्मुज जलडमरूमध्य खुला राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन् ।

बेइजिङमा दुई नेताबीच भएको भेटवार्तापछि अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले चीनले अमेरिका–इरान तनावका क्रममा इरानलाई कुनै पनि सैन्य सामग्री उपलब्ध नगराउने स्पष्ट सन्देश दिएको बताएका हुन् ।

ट्रम्पले भने, “उहाँले चीनले यो युद्धमा इरानलाई सैन्य सामग्री उपलब्ध गराउने छैन भन्नुभएको छ ।”

उनले थपे, “उहाँ हर्मुज जलडमरूमध्य खुला रहोस् भन्ने चाहनुहुन्छ । आवश्यक परे सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ ।”

विश्व व्यापार तथा तेल आपूर्तिको अत्यन्त महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको हर्मुज जलडमरूमध्य पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ । इरान–इजरायल द्वन्द्व र अमेरिकी सक्रियताबीच उक्त मार्ग अवरुद्ध हुन सक्ने आशंका भइरहेका बेला ट्रम्पको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तीन दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ पुगेका ट्रम्प आज अमेरिका फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३, ३१ बैशाख शुक्रबार  ७ : २१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा