२०८३, २६ भाद्र शनिबार

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी प्रदेशका एक–दुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने जनाएको छ। तराईका भू–भागमा भने आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकीका केही स्थानसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि मौसममा पूर्ण सुधार नआउने मौसमविद्ले बताएका छन्। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्ने, नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा कृषि कार्यमा संलग्न नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्रै योजना बनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८३, ३१ बैशाख शुक्रबार  ६ : ५९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।