२०८३, २९ भाद्र मंगलबार

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति सी जिनफिङ को निमन्त्रणामा भएको भ्रमणलाई विश्व राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

बुधबार साँझ बेइजिङ पुगेका ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले विमानस्थलमा स्वागत गरेका थिए। ट्रम्पको यो भ्रमणलाई अमेरिका–चीन सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको छ।

भ्रमणका क्रममा ट्रम्प र सीबीच द्विपक्षीय सम्बन्ध, व्यापार, क्षेत्रीय सुरक्षा, विश्व शान्ति तथा आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल हुने चीनको विदेश मन्त्रालयले जनाएको छ।

पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र सुरक्षा मामिलामा अमेरिका र चीनबीच तनाव बढिरहेका बेला दुई नेताबीचको भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरिरहेको छ। विश्लेषकहरूले यस वार्ताले विश्व राजनीतिमा नयाँ सन्देश दिन सक्ने बताएका छन्।

प्रकाशित मिति : २०८३, ३० बैशाख बिहीबार  ७ : १४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक