२०८३, २७ भाद्र आईतबार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लाका केही क्षेत्रमा हुरीबतास, असिना तथा चट्याङको जोखिम रहेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना छ। अन्य पहाडी तथा हिमाली भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

मौसममा खराबी आउन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन, विशेषगरी चट्याङ र हुरीबतासको समयमा सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २९ बैशाख बुधबार  ९ : २५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।