२०८३, १० कार्तिक मंगलबार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लाका केही क्षेत्रमा हुरीबतास, असिना तथा चट्याङको जोखिम रहेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना छ। अन्य पहाडी तथा हिमाली भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

मौसममा खराबी आउन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन, विशेषगरी चट्याङ र हुरीबतासको समयमा सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २९ बैशाख बुधबार  ९ : २५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा