२०८३, १० कार्तिक मंगलबार

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ


सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार बन्ने बताएका छन्।

कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकका लागि सुर्खेत पुगेका थापाले एमालेसँग भएको समझदारीअनुसार प्रदेशमा सत्ता नेतृत्व परिवर्तन हुने बताएका हुन्।

उनले भने, “अहिले हामी सरकारमा छौँ, तर एमालेसँगको सहमतिअनुसार अब कांग्रेसले नेतृत्व लिने समय आएको छ।”

थापाका अनुसार सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व परिवर्तन प्रक्रिया अगाडि बढ्नेछ। उनले नयाँ सरकार बनेपछि कार्यशैली सुधार र जनताप्रति जवाफदेहिता मुख्य प्राथमिकता हुने बताए।

उनले पार्टी अनुशासनलाई कडा बनाइने उल्लेख गर्दै कुनै पनि तहको सरकारमा बसेर आर्थिक अनियमिततामा संलग्न हुनेलाई पार्टीले कारबाही गर्ने बताए।

त्यसैगरी उनले केन्द्र सरकारका सकारात्मक कामको समर्थन र गलत कामको कडा विरोध गर्ने नीति कांग्रेसले अपनाउने पनि स्पष्ट पारे।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ४ : ५७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा