२०८३, १९ आश्विन मंगलबार

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ


सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार बन्ने बताएका छन्।

कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकका लागि सुर्खेत पुगेका थापाले एमालेसँग भएको समझदारीअनुसार प्रदेशमा सत्ता नेतृत्व परिवर्तन हुने बताएका हुन्।

उनले भने, “अहिले हामी सरकारमा छौँ, तर एमालेसँगको सहमतिअनुसार अब कांग्रेसले नेतृत्व लिने समय आएको छ।”

थापाका अनुसार सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व परिवर्तन प्रक्रिया अगाडि बढ्नेछ। उनले नयाँ सरकार बनेपछि कार्यशैली सुधार र जनताप्रति जवाफदेहिता मुख्य प्राथमिकता हुने बताए।

उनले पार्टी अनुशासनलाई कडा बनाइने उल्लेख गर्दै कुनै पनि तहको सरकारमा बसेर आर्थिक अनियमिततामा संलग्न हुनेलाई पार्टीले कारबाही गर्ने बताए।

त्यसैगरी उनले केन्द्र सरकारका सकारात्मक कामको समर्थन र गलत कामको कडा विरोध गर्ने नीति कांग्रेसले अपनाउने पनि स्पष्ट पारे।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ४ : ५७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि