२०८३, १० कार्तिक मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने जनाइएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा संगठनात्मक तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न ६ एजेन्डामाथि छलफल हुने तयारी गरिएको छ।

बैठकमा पार्टीको भेला तथा अधिवेशन सम्बन्धी विशेष तालिकाबारे विस्तृत छलफल हुने बताइएको छ। साथै, पार्टीका विभिन्न आयोग र विभागमा पदाधिकारी मनोनयनको विषय पनि एजेन्डामा समावेश गरिएको छ।

रास्वपाले केही जिल्ला समिति विघटनबारे निर्णय गर्ने तयारी समेत गरेको बताइएको छ। त्यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धी विषय, केन्द्रीय समिति बैठक आह्वान तथा अन्य समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

पार्टीभित्र संगठन विस्तार र संरचनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित बैठक बस्न लागेको नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८३, २६ बैशाख आईतबार  ८ : ५२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा