२०८३, १० श्रावण सोमबार

हर्मुज जलमार्गमा नयाँ नियम ल्याउँदै इरान, जहाजको विस्तृत विवरण अनिवार्य

हर्मुज जलमार्गमा नयाँ नियम ल्याउँदै इरान, जहाजको विस्तृत विवरण अनिवार्य


तेहरान । इरानले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जहाजमाथि निगरानी बढाउने उद्देश्यले नयाँ समुद्री नियामक निकाय गठन गरेको छ। इरानले गठन गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ मार्फत अब हर्मुज पार गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गर्ने तयारी गरिएको हो।

नयाँ व्यवस्थाअनुसार हर्मुज जलमार्ग प्रयोग गर्ने सबै जहाजहरूले अनिवार्य रूपमा विस्तृत विवरण बुझाउनुपर्नेछ। त्यसका लागि ‘जहाज विवरण घोषणा फाराम’ भर्नुपर्ने व्यवस्था गरिएको छ।

उक्त फाराममा जहाजको नाम, दर्ता नम्बर, पहिलाको नाम, झण्डा बोकेको देश, गन्तव्य, बोकेको सामान, जहाज मालिक तथा चालक दलको राष्ट्रियतासमेत खुलाउनुपर्ने उल्लेख गरिएको छ।

इरानी अधिकारीहरूले हर्मुज पार गर्नुअघि सबै जानकारी इमेलमार्फत पठाउनुपर्ने बताएका छन्। अपूर्ण वा गलत विवरण दिए त्यसको जिम्मेवारी सम्बन्धित जहाज सञ्चालक स्वयंले लिनुपर्ने चेतावनी पनि दिइएको छ।

विश्लेषकहरूले यो कदमलाई हर्मुज क्षेत्रमा इरानको नियन्त्रणलाई थप औपचारिक र संस्थागत बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने हर्मुजबाट ठूलो परिमाणमा तेल तथा ग्यास ओसारपसार हुने गर्दछ।

पछिल्लो समय अमेरिका र इरानबीचको तनावका कारण हर्मुज क्षेत्रमा सुरक्षा चुनौती बढेको छ। त्यसका कारण समुद्री आवतजावत पनि पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

यसअघि इरानले हर्मुज प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संकेत पनि गरेको थियो। तर अमेरिका लगायत विभिन्न देशहरूले हर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै एक देशले एकतर्फी रूपमा टोल उठाउन नपाउने बताएका छन्।

विशेषज्ञहरूका अनुसार इरानले लागू गर्न लागेको नयाँ व्यवस्थाले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८३, २५ बैशाख शनिबार  १० : १७ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक