२०८३, १९ आश्विन मंगलबार

प्रधान न्यायाधीश सिफारिसको असर : सर्वोच्च अदालतको पेसी सूची प्रकाशनमा ढिलाइ

प्रधान न्यायाधीश सिफारिसको असर : सर्वोच्च अदालतको पेसी सूची प्रकाशनमा ढिलाइ


काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको विषयले सर्वोच्च अदालतभित्र तरंग सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर दैनिक न्यायिक कार्यसम्पादनमा समेत देखिएको छ ।

सामान्यतया बिहान साढे ९ देखि पौने १० बजेसम्म सार्वजनिक हुने सर्वोच्च अदालतको दैनिक पेसी सूची शुक्रबार ११ बज्दासम्म पनि वेबसाइटमा प्रकाशन हुन सकेन ।

सर्वोच्च स्रोतका अनुसार प्रधान न्यायाधीश सिफारिसपछिको अवस्थाबारे न्यायाधीशहरूबीच छलफल जारी रहेकाले गोला तान्ने प्रक्रिया प्रभावित भएको हो । सर्वोच्च अदालतमा इजलास गठनका लागि न्यायाधीशहरूबीच गोला तान्ने अभ्यास रहँदै आएको छ ।

यसैबीच न्यायाधीशहरू र सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरूबीच आन्तरिक बैठक जारी रहेको बताइएको छ । बैठकबाट कुनै निष्कर्ष वा औपचारिक जानकारी बाहिर नआएको पेसी व्यवस्थापनमा संलग्न कर्मचारीहरूले बताएका छन् ।

पेसी सूची सार्वजनिक हुन ढिलाइ भएपछि मुद्दाका पक्षकार, कानून व्यवसायी तथा सेवाग्राहीहरू अन्योलमा परेका छन् । सर्वोच्च अदालत परिसरमा बिहानैदेखि उपस्थित भएका धेरै कानून व्यवसायीहरू पेसी सूचीको प्रतीक्षामा देखिएका छन् ।

प्रधान न्यायाधीश नियुक्तिमा वरीयताको परम्परा तोडिएको भन्दै न्यायिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका बेला सर्वोच्च अदालतको आन्तरिक वातावरणसमेत प्रभावित भएको देखिएको छ ।

प्रकाशित मिति : २०८३, २४ बैशाख शुक्रबार  १२ : ०८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि