२०८३, १४ असार सोमबार

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा


काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा बिस्तारगरेको छ । यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसाहिकसञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दिने सम्झौता गरेको छ।
इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामाअत्याधुनिक प्रविधिहरु प्रयोग गर्न चाहनेलाई सेवा दिदैं आएको छ । योकम्पनी ट्रेस नामक श्रीलंकाको सार्वजनिक संस्थामा सुचिकृत छ । ट्रेसलेश्रीलंकामा नयाँ व्यवसाय, आविस्कार र उद्यम गर्न चाहनेहरुलाई सहयोगगर्छ ।
 
टिङ टिङले श्रीलंकामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकहरुलाईसेवा दिने योजना अगाडि बढाइसकेको छ ।
टिङ टिङले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै गएको छ ।
 
टिङ टिङका सिइओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारीलक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको बताए । ‘हामी विश्वव्यापी रुपमाआफुलाई बिस्तार गर्ने योजना बनाइरहेका छौं । यो त्यही अभियानकोएउटा पाइला हो । सरकारले नेपालबाट आईटी र प्रविधि सम्बन्धी सेवानिर्यात गर्ने सोच बनाएको छ । नेपालको प्रतिनिधित्व गरेर सेवा बिस्तारगर्न पाउँदा हामीलाई गर्व पनि लागेको छ । नेपालमा रोजागरी सिर्जनाकालागि आइटी र प्रविधि क्षेत्रको बिस्तार जरुरी छ,’ शर्माले भने ।
 
इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले एआईमा आधारितसेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनुखुसीको विषय रहेको । यस सहकार्यले श्रीलंकाका उद्यमी र सेवाप्रदायकहरुलाई ठूलो लाभ मिल्ने उनले बताए ।
 
हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, विद्युतीय हुलाक, वेब संवाद तथा कल केन्द्रमार्फतछुट्टाछुट्टै रूपमा सम्पर्क गर्दै आएका छन् । यसका कारण सन्देश छुट्ने, उत्तर दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो सन्दर्भ हराउने, कलको चापबढ्ने तथा सेवा गुणस्तरको स्पष्ट जानकारी नहुने जस्ता समस्या देखिएकाछन् ।
 
यिनै चुनौती समाधान गर्न टिङटिङले आफ्नो कृत्रिम बुद्धिमत्ता–सञ्चालितसञ्चार प्रणालीहरूको समुच्चय श्रीलङ्कामा ल्याएको हो । TingTingsuite अन्तर्गत TingTing Call Broadcast, TingTing Text,TingTingForms, TingTing Agents, TingTing Omni र TingTing Connect जस्ता सेवाहरू रहेका छन्।
यी सबैले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु–माध्यमीयसंवाद व्यवस्थापन तथा कल केन्द्र सञ्चालनलाई एउटै प्रणालीमार्फतसञ्चालन गर्न सहयोग पुर्याउँछन् । 
यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावनाविश्लेषण, कृत्रिम बुद्धिमत्ताद्वारा तयार गरिएको सारांश, प्रत्यक्ष विवरणप्यानल तथा सम्पूर्ण संवादको स्पष्ट दृश्यता प्राप्त गर्न सकिन्छ । यसलेव्यवस्थापन टोलीलाई ग्राहकका धारणा, सेवा टोलीको प्रतिक्रिया तथासुधार गर्नुपर्ने क्षेत्रबारे स्पष्ट बुझ्न सहयोग पुर्याउँछ ।
 
व्यावसायिक सञ्चारलाई सरल, सहज र एकिकृत बनाउने लक्ष्यका साथटिङ टिङले काम गरिरहेको छ । यसअघि टिङ टिङ ले वेव समिट कतार२०२६  मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमाप्रस्तुत गरेको थियो । श्रीलङ्कामा सेवा बिस्तारले “नेपालमा बनेको, विश्वका लागि” नारा थप सार्थक बनेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  १० : ०१ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण