२०८३, २२ बैशाख बुधबार

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल


कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग आज गुण्डुमा महत्वपूर्ण छलफल गर्दैछन्। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रदेशका ११ सांसद सहभागी हुनेछन्।

छलफलमा मुख्य रूपमा संसदीय दलको नेतृत्व परिवर्तन, सत्ता सहकार्यको सम्भावना र मन्त्री हेरफेरका विषय उठ्ने बताइएको छ। केही सांसदहरूले दलको नेता परिवर्तनको माग अघि सारेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन खोजेका हुन्।

हाल दलको नेता परिवर्तन हुने वा नहुने विषयमा कुनै निष्कर्ष ननिस्किएको स्रोतको भनाइ छ। यद्यपि, नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेको छ।

त्यसैगरी, प्रदेश सरकारमा मन्त्री फेरबदलको माग पनि उठ्दै आएको छ। कार्यकालको अन्त्य नजिकिँदै गर्दा सांसदहरूले अवसर बाँडफाँटमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै आएका छन्।

एमाले स्रोतका अनुसार बैठकले प्रदेश राजनीति र आगामी रणनीतिबारे महत्वपूर्ण संकेत दिन सक्नेछ।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  ८ : ४३ बजे

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका