२०८३, १० कार्तिक मंगलबार

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल


कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग आज गुण्डुमा महत्वपूर्ण छलफल गर्दैछन्। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रदेशका ११ सांसद सहभागी हुनेछन्।

छलफलमा मुख्य रूपमा संसदीय दलको नेतृत्व परिवर्तन, सत्ता सहकार्यको सम्भावना र मन्त्री हेरफेरका विषय उठ्ने बताइएको छ। केही सांसदहरूले दलको नेता परिवर्तनको माग अघि सारेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन खोजेका हुन्।

हाल दलको नेता परिवर्तन हुने वा नहुने विषयमा कुनै निष्कर्ष ननिस्किएको स्रोतको भनाइ छ। यद्यपि, नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेको छ।

त्यसैगरी, प्रदेश सरकारमा मन्त्री फेरबदलको माग पनि उठ्दै आएको छ। कार्यकालको अन्त्य नजिकिँदै गर्दा सांसदहरूले अवसर बाँडफाँटमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै आएका छन्।

एमाले स्रोतका अनुसार बैठकले प्रदेश राजनीति र आगामी रणनीतिबारे महत्वपूर्ण संकेत दिन सक्नेछ।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  ८ : ४३ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा